गत महिना कोरोनाको खोप लगाएका परेश रावल संक्रमित

बलिउडका चर्चित अभिनेता परेश रावल कोरोना संक्रमित भएका छन्।

उनले केही समयअगाडि कोरोनाविरूद्ध खोप पनि लगाएका थिए। आफूलाई कोरोना पोजेटिभ भएको जानकारी उनले ट्वीटरमार्फत दिए। उनले आफूसँग १० दिन अघिसम्म सम्पर्कमा हुने व्यक्तिलाई पनि कोरोना टेस्ट गर्न सुझाव दिएका छन्।

‘दुर्भाग्यवस, मलाई कोभिड–१९ पोजिटिभ देखिएको छ। मसँग १० दिनयता सम्पर्कमा बस्नुहुने महानुभावले कृपया कोभिड परीक्षण गर्नुहोला,’ परेशले बताएका छन्। 

उनले गत मार्च ९ मा कोरोनाको पहिलो खोप लगाएका थिए। खोप लगाउँदा आफूले कोरोनालाई जितेको भनेर उनले ‘भिक्ट्रीको साइन’ देखाएका थिए।

हालै मात्र रोहित सरार्फ, आर माधवन, मिलन्द सोमन, आमिर खान र कार्तिक आर्यनलाई पनि कोरोना पोजेटिभ भएको थियो।

प्रकाशित मिति: : 2021-03-27 14:53:00

प्रतिकृया दिनुहोस्