बलिउड अभिनेत्री मौनी रोयले विवाह गर्दै

Photo : Mauni Instagram
Photo : Mauni Instagram

बलिउड अभिनेत्री मौनी रोयको चर्चा पछिल्लो समय दिनानुदिन बढ्दो छ।  

उनको निजी जीवनको विषयलाई लिएर पछिल्लो समय निकै चर्चा हुने गरेको पाईन्छ। हाल उनको विवाहको विषयले चर्चा पाएको छ। भारतीय सञ्चारमाध्यमहरुले सूरज नांबियारसँग उनको विवाह हुन लागेको बताएका छन्। 

अभिनेत्री रोयले पनि हालै आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी थिइन्, जसमा सूरजका साथमा उनको पूरै परिवार देखिएका थिए।

प्रकाशित मिति: : 2021-03-26 08:15:00

प्रतिकृया दिनुहोस्