जागिरबाट निस्कासित गरेकै बदलामा कम्पनीको सर्भरमा हानी पुर्याउने भारतीय अमेरिकीलाई २ वर्षको कैद

बिएल संवाददाता

वासिङ्टन डीसी

क्यालिफोर्नियाको एक अदालतले हजारभन्दा बढि प्रयोगकर्ताको अकाउण्ट डिलिट गर्ने एक भारतीय अमेरिकीलाई २ बर्ष कैद र ५० हजार डलरको सजाय सुनाएको छ।

जागिरबाट निस्कासित गरेको रिसमा कम्पनीको मुख्य सर्भरमा गएर माइक्रोसफ्टका १ हजार २ सय प्रयोगकर्ताको अकाउण्ट डिलिट गर्ने भारतीय अमेरिकी दिपान्सु खेरलाई उक्त सजाय सुनाईएको हो।  

अदालतका कार्यवाहक अर्टानी रेंडी ग्रासमेनले कम्पनीलाई निकै ठुलो क्षति पुर्याएको बताएका छन्। त्यस्तै यूएस डिस्ट्रिक्ट कोर्टका  न्यायाधीश मर्लिन हफले फैसला सुनाउदै उक्त काम नियोजित र बदलाको भावनाले गरिएको भन्दै कडा सजाय दिएको बताइन्।

अदालतले आरोपितलाई २ बर्षको कैद, जरिवाना, ३ बर्ष प्रहरीको रोहवरमा राख्ने र कम्पनीलाई हुन गएको घाटा ६ लाख डलरपनि क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।  

खेरले उक्त रकम तिर्न नसके ७५ बर्षको जेल सजाय भोग्नुपर्ने समेत बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-25 09:02:00

प्रतिकृया दिनुहोस्