‘सम्झनामा रुस’ कृति सार्वजनिक

Jiba lamichane
Jiba lamichane

पूर्वसोभियत सङ्घ र रुसप्रतिको यथार्य भोगाइ मिश्रित सद्भावपूर्ण अभिव्यक्तिको चिनो तथा जनस्तरबाट कुँदिएको मित्रताको प्रतीकका रुपमा ‘सम्झानामा रुस’ कृति सार्वजनिक भएको छ। 

पूर्वसोभियत सङ्घ र रुसको छात्रवृत्तिबाट विभिन्न विश्वविद्यालय र अध्ययन संस्थानबाट उच्चशिक्षा प्राप्त गरेका नेपाली सात स्रष्टाको स्मरण समेटिएको ‘सम्झनामा रुस’ को आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकार्पण गरे। 

नेपाल–रुस साहित्य समाजद्वारा प्रकाशित उक्त संस्मरणात्मक कृतिमा कृष्णप्रकाश श्रेष्ठ, कन्हैया नासननी, चन्द्रकान्त आचार्य, डा जंगब चौहान, जीवा लामिछाने, डा प्रकाशराज रेग्मी र विष्णुबहादुर सिंहका तीन/तीन गरी २१ वटा रचना सङ्ग्रहित छन्। 

कृतिमा सातै जना लेखकले विभिन्न कालखण्डमा आ-आफ्नो संवेदनशील युवा उमेर उच्च अध्ययनको क्रममा बिताएको रुसी ज्ञानभूमिसँग रहेको भावनात्मक सम्बन्धलाई आ-आफ्नै कोषबाट स्मरण गरेका छन्। उक्त स्मरणमा पूर्वसोभियत सङ्घ र रुसको सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, ऐतिहासिक एवं भौगोलिक परिवेशको पृष्ठभूमिमा आ-आफ्ना अनुभूति समेटिएको छ। 
 

प्रकाशित मिति: : 2021-03-24 19:49:00

प्रतिकृया दिनुहोस्