इजरायली चुनावमा सजिलै जित हुने प्रधानमन्त्री नेतान्याहूको दाबी

Photo : Arena.com
Photo : Arena.com

संदको निर्वाचनमा जसरीपनि जित हुने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दाबी गरेका छन्। 

दुई वर्षभित्रको अवधिमा चौथो पटक भएको ससंदको निर्वाचनमा सजिलै जित हुने नेतान्याहूले दाबी गरेका हुन्। यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन नेतान्याहू विफल हुनसक्ने देखाएको छ। 

इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा आसिन नेतान्याहूको कार्यकालमा सन् २०१९ पछि यो चौथो निर्वाचन हो। यो मतदानपछि उनलाई दक्षिणपन्थी गठबन्धनलाई एकताबद्ध गर्न सक्ने आशा गरिएको छ।  रासस/एएफपी
 

प्रकाशित मिति: : 2021-03-24 18:10:00

प्रतिकृया दिनुहोस्