म्यान्मारमा तीन सातापछि रिहा भए दुई बर्मेली नेपाली युवा

म्यान्मार ‘कू’ विरूद्धको आन्दोलनका क्रममा पक्राउ परेका दुई बर्मेली–नेपाली युवा तीन सातापछि रिहा भएका छन्। 

प्रदर्शनको क्रममा आर्थिक राजधानी रंगुनबाट गत फेबु्रअरीमा मणिराम खनाल र सागर सुवेदीलाई सेनाले पक्राउ गरेको थियो। त्यसयता उनीहरू सैन्य जुन्ताको हिरासतमा रहेका थिए। 

मणिरामका दाजु तुलसीराम खनालले बिएल नेपाली सेवालाई उनीहरू तीन सातापछि सैन्य हिरासत मुक्त भएको बताएका छन्। उनीहरूसँगै आन्दोलनमा सहभागी ६ सयभन्दा बढी  बर्मेली रिहा भएका छन्।



बर्मेली सेनाद्धारा पक्राउ दुई नेपालीभाषी ६ दिनदेखि सम्पर्कविहिन (भिडियाे)

म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

म्यान्मार सैन्य 'कू'को विरोधमा उत्रेका सयौं विद्यार्थी पक्राउ

जुन्ता सरकारको गोलीबाट साथीसँग खेलिरहेकी १६ वर्षीया किशोरीको हत्या

म्यान्मार सैन्य 'कू': मंगलबारसम्म कम्तीमा १९३ प्रदर्शनकारीको मृत्यु

प्रकाशित मिति: : 2021-03-24 17:00:00

प्रतिकृया दिनुहोस्