असम निर्वाचनः भाजपालाई भोट नदिन २६ बुद्धिजिवीको अपील 

Photo - BBC
Photo - BBC

भारतको असममा विधानसभाको ४७ सीटका लागि पहिलो चरणको निर्वाचन तीन दिनपछि हुँदैछ।

उक्त मतदानमा राज्यका कयौं स्वतन्त्र लेखक, बुद्धिजीवि र शिक्षाविद्ले असमेली जनतालाई सत्तारुढ भारतीय जनता पार्टी (भापजा) लाई मतदान नगर्न अपील गरेका छन्।

उनीहरूले जनताको राम्रो जीवनका लागि विभिन्न सर्तहरू स्वीकार गर्ने अन्य राजनीतिक पार्टीमा मतदान गर्न अनुरोध गरेका छन्।

असमस्थित २६ लेखक, बुद्धिजीवि र शिक्षाविद्ले मंगलबार बेलुकी भाजपालाई भोट नदिन संयुक्त रुपमा सार्वजनिकपत्र जारी गरेका हुन्।

अन्तर्राष्ट्रिय विद्वान डा. हिरेन गोहाई, साहित्य अकादमी पुरस्कार विजेता निरुपमा बोरगोहाई, डा. लखिनन्दन बोरा, पूर्वप्रहरी महानिर्देशक हरेकृष्ण डेका, संगीत नाटक अकादमी पुरस्कार विजेता सुरक्षिण शर्मा, डा. अरुपा पटंगिया कलिता, कुलादा कुमार भट्टाचार्य र अपूर्व शर्मालगायत संयुक्त वक्तव्यमा सहभागी छन्।

आफ्नो समूहले संयुक्त पत्र सार्वजनिक गरेको डा. हिरेन गोहाईले बीबीसीसँग पुष्टि गरेका छन्।

‘हामीहरूले असमका जनताको लागि राम्रो जीवनका लागि यो सार्वजनिक अपील हौं,’ उनले भने बीबीसी हिन्दीलाई भने। उनीहरूले भाजपालाई असम राज्यमा सत्ता टिकाउन सहयोग मिल्ने कुनै पनि कार्य नगर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-03-24 14:30:00

प्रतिकृया दिनुहोस्