म्यान्मार ‘कू’: सुरक्षा फौजद्वारा सात बर्षीया बालिकाको हत्या

Myanmar Now
Myanmar Now

म्यान्मार सैन्य शासनले गोली चलाउदा सात वर्षीया एक बालिकाले ज्यान गुमाएकी छन्।

घरमा बसिरहेकी खिन मिओ चीत नामकी बालिकालाई सुरक्षा फौजले गोली हानी हत्या गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन्।

देशको दोस्रो ठूलो शहर माण्डलेस्थित चानम्याथजी बस्तीमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउदा उनको मृत्यु भएको हो। बुबालाई ताकेर हानेको गोली लाग्दा उनको मृत्यु भएको बर्मेली मिडिया म्यान्मार नाउले जनाएको छ।

सेनाकाे गाेलीले मारिने उनी 'कू'विरुद्ध जारी आन्दोलनको सबैभन्दा कम उमेरकी बालिका हुन्। उनीसँगै अन्य तीन जनाको समेत हत्या भएको छ।

दक्षिण पूर्वी एसियाली देश म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। दिनहुँजसो शान्तिपूर्ण आन्दोलनमा स्वतन्त्र मानिसले विनाकारण ज्यान गुमाइरहेका छन्। 

जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको तीब्र आवाज उठिरहेको छ। उनीहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको तत्काल रिहाईको माग गरिरहेका छन्। 

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन्।



ज्यान जोगाउन बंकर बनाउँदै बर्मेली… 

प्रकाशित मिति: : 2021-03-24 08:34:00

प्रतिकृया दिनुहोस्