देउवा, प्रचण्ड, नेपाल र जसपाका आ-आफ्नै रोडम्याप, तर राजनीति घुमिफिरी ओलीकै वरिपरि, कसरी ?

लोकान्तर

काठमाडौँ

विमल गौतम

भावी सरकार र अबको राजनीतिक समीकरणमा लागेको कालो बादल प्रस्ट रूपमा फाट्ने संकेत मंगलवारका मुख्य दुई घटनाक्रमले गरेका छन् । नेपाली राजनीतिको भावी कोर्सबारे संकेत गर्ने पहिलो पाइला हो– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगर विमानस्थलमा पत्रकारलाई दिएको प्रतिक्रिया । 

दोस्रो हो – जनता समाजवादी पार्टी (जसपा) का नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा गरेको भेट । संयोग कस्तो भने यी दुवै घटना एकै दिन अनि लगभग एकै समयमा भएका छन् । 

कतिपयले मंगलवारका यी दुई मुख्य घटनाक्रमलाई संयोगका रूपमा लिएको पाइयो । तर नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका या राजनीतिक जोड घटाउमा सक्रिय जानकारहरूका अनुसार एक सातायता भैरहेका तर बाहिर नल्याइएका गतिविधिको नतिजा मंगलवार एकैपटक छरपस्ट हुन पुगेको हो । 

प्रतिनिधि सभा पुनःस्थापनापछि सरकारको नेतृत्व फेर्ने विषय पेचिलो बनेको छ । नयाँ सरकार गठनमा किङमेकर बनेका नेपाली कांग्रेस र जसपा नै मंगलवारका घटनामा जोडिएकाले नेपाली राजनीतिको भावी कोर्षबारे विभिन्न अड्कल शुरू हुन स्वाभाविक छ ।

त्यसो भए अब नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली के गर्छन् ? उनको आगामी रोडम्याप के छ ? नेपाली कांग्रेस र त्यसका सभापतिको दाउ केमा छ ? सत्ता समीकरणमा एकाएक तानातानामा परेको जसपाको भावी रणनीति र रोडम्याप के हुनसक्छ ? प्रधानमन्त्री ओलीसँग राजनीतिक जीवनकै सर्वाधिक चुनौतिपूर्ण लडाईंमा होमिएका नेता माधव नेपाल र सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रको अध्यक्षमा पुनर्बहाली भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोडम्याप के छ ? यो संक्षिप्त विश्लेषण यिनै विषयमा केन्द्रित छ ।

प्रकाशित मिति: : 2021-03-23 21:38:00

प्रतिकृया दिनुहोस्