प्रदेश नं १ मा १४ हजार क्षयरोगी

File photo
File photo

प्रदेश नं १ मा १४ हजार ३०८ क्षयरोगी रहेको पाइएको छ।

सेभ द चिल्ड्रेन, विराटनगरले आज यहाँ पत्रकार सम्मेलन गरी यस प्रदेशका झापा, इलाम, मोरङ, उदयपुर र सुनसरीमा क्षयरोगी उच्च रहेको जनाएको छ। यस प्रदेशमा ८१८ वटा क्षयरोग औषधि केन्द्र र ९६ जाँच केन्द्र रहेको सो संस्थाले जनाएको छ। एक अध्ययनअनुसार देशभर सरदर दैनिक ४७ जना सो रोग कारण मृत्यु हुने गरेको छ।

संस्थाका अधिकृत शैलेश भुजेलले गरिबी, पोषणयुक्त खानाको कमी, चेतनाको कमी, रोग लुकाउने बानीका कारण क्षयरोग कमी हुन नसकेको तर्क गरे।

उनले एक जना क्षयरोगीले वर्षभरमा कम्तीमा १० जनालाई रोग सार्न सक्ने भन्दै ८० प्रतिशत फोक्सोको क्षयरोगी रहेको जानकारी दिए। उपचार सहयोगीको निगरानीमा औषधि खानुअगावै ३३ प्रतिशत मात्र निको हुने दर थियो भने स्वाथ्यकर्मीको निगरानीमा क्षयारोगीले औषधि खाँदा ९० प्रतिशत निको हुने अवस्था देखिएको बताइएको छ।

प्रकाशित मिति: : 2021-03-23 19:49:00

प्रतिकृया दिनुहोस्