चिनियाँ लडाकु विमान पुनः ताइवान भू-भागमा

Photo : Bdnews24
Photo : Bdnews24

चिनियाँ लडाकु विमान आफ्नो भू-भागमा पुनः प्रवेश गरेको ताइवानले जनाएको छ।

ताइवानको आकाशीय क्षेत्रमा आईतबार चिनियाँ लडाकु विमान पुगेको ताइवानी रक्षा मन्त्रालयले पुष्टि गरेको छ। यद्यपि, यसअघि पनि चिनियाँ लडाकु विमान वायु क्षेत्रको उल्लघंन गर्दै त्यहाँ पुगेको आरोप छ।

गत मार्च-१७ मा चिनियाँ तीन नौ-सेनाको जहाज जापानी समुन्द्र छेउमा देखिएको बताइएको छ। पछिल्लो केही महिनादेखि चिनियाँ युद्धक विमान दिनहुँ ताइवानी भू–भागमा घुसपैठ गरेको ताइवानी मिडियाहरुले जनाएका छन्।

ताइवानले जापानी समुन्द्र छेउमा देखिएको चिनियाँ नौ-सेनाको जहाजलाई आफूहरूले निगरानी गरिरहेको जनाएको छ।

जापानको रक्षा मन्त्रालयले शुक्रबार आफ्नो भू-भागको क्यूशु मुख्य द्विपको उत्तरीमा चीनले घुसपैठ गर्ने हरकत गरेको बताएको छ। यसप्रतिको कदमले दुबै देशमा तनाब बढ्न सक्ने अनुमान गरिएको छ। 

प्रकाशित मिति: : 2021-03-23 10:15:00

प्रतिकृया दिनुहोस्