होस्टेलबाट पक्राउ परेका विद्यार्थीहरुको अवस्था सार्वजनिक गर्न विश्व विद्यालयद्वारा चीन सरकारसँग माग 

बिएल संवाददाता

वासिङ्टन डीसी

न्यु योर्क विश्व विद्यालय अन्तर्गत चीनको संघाईमा रहेको सेटेलाइट क्याम्पसको होस्टेलबाट पक्राउ परेका ९ जना विद्यार्थीको अवस्था सार्वजनिक गर्न माग गरिएको छ। पक्राउ परेका विद्याथर्थीहरुको अवस्था सार्वजनिक गर्न विश्व विद्यालयले चीन सरकारसँग माग गरेको हो। 

करिब १० दिन पहिले क्याम्पसको होस्टलबाट पक्राउ परेका त्यी विद्यार्थीहरुको अवस्था अझै सम्म चीन प्रहरीले सार्वजनिक गरेको छैन। 

चीनको प्रहरीले त्यी विद्यार्थीहरुले प्रतिबन्धित लागुपदार्थ सेवन र बेचबिखन गरेको कारण पक्राउ गरेको बताएको छ। साथै उनीहरुलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको चीनको प्रहरी जनाएको छ। प्रहरीका अनुसार यदी उनीहरु निर्दोष सावित भएमा ससम्मान रिहा हुनेछन् र दोषी प्रमाणित भएमा कानुन अनुसार कारबाही हुने हुनेछ। 

चीनमा लागुपदार्थको कारोबार गरेमा अधिकतम मृत्युदण्डको सजाय समेत दिईएको छ। आफ्ना सहपाठीहरुलाई प्रहरीले पक्राउ गरेर बेपत्ता बनाएको कारण अन्य विधार्थीहरु डराएका छन्। 

प्रकाशित मिति: : 2021-03-23 08:13:00

प्रतिकृया दिनुहोस्