ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ।
स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार एकै दिनमा १ हजार २९० जनाको संक्रमणबाट निधन भएको हो। योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ।