मुम्बई प्रहरी प्रमुख र गृहमन्त्रीबीच एक सय करोड रुपैयाँ घुसखोरीको आरोपप्रत्यारोप

Photo - Indiatoday

पहिले अभिनेता सुशान्त सिंह राजपूतको शंकास्पद हत्याको मामिला, यसपछि रिपब्लिकन मिडियाको विवाद हुँदै कार्यवाहीमा परेका मुम्बईका पुलिस प्रमुख परमबीर सिंह एक सय करोड रुपैयाँको विवादमा फस्न पुगेका छन्।

उनलाई हालै गृहमन्त्री अनिल देशमुखले सरुवा पूर्जी थमाउँदै पुलिस प्रमुखको पदबाट निकालेका थिए। 

परमबीरले यो निर्णयको विरोध गर्दै गृहमन्त्रीले सहायक पुलिस इन्स्पेक्टर सचिन वझेमार्फत हरेक महिना एक सय करोड जम्मा गर्न आदेश तथा संरक्षण दिएको आरोप लगाएका छन् उनले मुख्यमन्त्री उद्दव ठाकरेलाई पनि यस विषयमा पत्र लेखेका छन्। 

यस विषयमा गृहमन्त्रीविरूद्ध घुस खाएको आरोप लगाएका सिंहले सिबीआईकको छानवीनको माग गरेका छन्। उच्च अदालतमा पनि मुद्धा दर्ता भएको छ। 

उनले अदालतमा दर्ता गरेको उजुरीमा लेखेका छन्– सय करोड रुपैयाँ उठाउने अभियानको विषयमा मैले मुख्यमन्त्री उद्दव ठाकरेलाई जानकारी दिएको थिए। तर, केही दिनमै मेरो ट्रान्सफर भयो। 

उनले ट्रान्सफरको निर्णयविरूद्ध पनि चुनौति दिएका छन्। उनले गृहमन्त्री देशमुख र सचिन वझेबीच लगातार कुराकानी भएको र देशमुखको घरको सीसीटिभी फुटेज छानवीन भए सबै कुरा बाहिर आएने बताए।

प्रकाशित मिति: : 2021-03-22 18:38:00

प्रतिकृया दिनुहोस्