भारतीय लोकसभा अध्यक्ष कोरोना भाइरसबाट संक्रमित

Udayavani

लोकसभा अध्यक्ष ओम बिरला कोरोना भाइरस संक्रमित भएका छन्।

अध्यक्ष बिरलाको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको लोकसभा सचिवालयले जनाएको छ। 

आईतबार एम्स अस्पतालमा भर्ना भएका उनलाई मार्च–१९ मा कोरोना संक्रमित भएको अस्पताल स्रोतले जनाएको छ।

५८ वर्षीया बिरलालाई कोरोना संक्रमितपछि राजनीतिक पार्टीका नेताहरूले स्वास्थ्य लाभको कामना गरेका छन्। 

लोकसभा भारतीय संसदको तल्लो सदन हो।  
 

प्रकाशित मिति: : 2021-03-21 18:52:00

प्रतिकृया दिनुहोस्