तौल घटाउन निद्रा आवश्यक !

Capsule.for-her.org
Capsule.for-her.org

रातमा सातदेखि आठ घण्टा आरामदायी निद्राले मेटाबोलिज्मको गति बढाउन र तौल घटाउन मद्दत गर्छ। तर, निद्रा नपुग्दा यसले मेटाबोलिक दर कम गर्न सक्छ। 

निद्राको अभावले भोक बढाउन सक्छ। जसले अस्वस्थकर खाना रोज्न, जङ्क फुड खाने चाहना र क्यालरी इन्टेक बढाउँछ।

युरोपियन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित एक अनुसन्धानअनुसार रातमा पर्याप्त निद्रा नपुगेका मानिसले भोलिपल्ट सामान्यभन्दा बढी खाने गर्छन्। 

निद्रा नपुगेको एक व्यक्तिले अन्य दिनको तुलनामा तीन सय ८५ क्यालरी बढी खाने गर्छ। अध्ययनले निद्रा नपाएका मानिसहरूले बढी फ्याट र कम प्रोटिनको सेवन गर्ने देखाएको छ।

निद्रा नपुग्नाले जङ्क फुड खाने चाहना बढाउन सक्छ। रातमा राम्रो गुणस्तरको निद्रा नपाएका मानिसको गतिविधि पनि कम हुने हुँदा दिनभरि कम क्यालरीमात्र जलाउने गरेको पाइएको छ। 

प्रत्येक दिन तीन सय ८५ क्यालरीको सेवन गर्नाले नौ दिनमा लगभग पाँच सय ग्राम तौल बढ्न सक्छ। यति मात्र नभएर, यसले टाइप २ मधुमेह, उच्च रक्तचाप, र मुटुरोग जस्ता दीर्घकालीन समस्याको विकासको जोखिम पनि बढाउन सक्छ।

तौल घटाउन सङ्घर्ष गर्दै गरेका मानिसले पहिले आफ्नो सुत्ने समयलाई सुघार्ने प्रयास गर्न आवश्यक हुन्छ। हरेक रात उचित निद्रा तालिका पालना गर्ने, सुत्नुभन्दा दुई घण्टाअघि खाना खाने बानी बसालेमा यसले तौल घटाउन सहयोग पुर्‍याउन सक्छ। 

प्रकाशित मिति: : 2021-03-21 16:44:00

प्रतिकृया दिनुहोस्