अमेरिकामा अध्ययन गर्ने ४७ प्रतिशत चिनियाँ र भारतीय विद्यार्थी

Photo- Xinhua

अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्यमा चीन र भारत सबैभन्दा अग्रपंक्तिमा देखिएको छ। सन् २०२० मा ४७ प्रतिशत विद्यार्थीहरु चीन र भारतका हुने एक रिपोर्टमा उल्लेख छ।

अध्ययनका लागि धेरै विद्यार्थी आउँने सूचिमा चीन र भारतका विद्यार्थीको संख्या बढ्ने एक रिपोर्टले जनाएकाे छ। अमेरिकामा कोभिड–१९ ले अध्ययन गर्न आउने विद्यार्थीको संख्यामा अघिल्लो वर्षको तुलनामा ७२ प्रतिशतले कमी आएको छ।

यसवर्ष एफ वान र एम वान भिसा लिएर अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या एक दशमलब २५ करोड रहेको छ।

एफ वान भिसा अमेरिकी कलेज वा विश्वविद्यालयमा अंग्रेजी भाषा कार्यक्रममा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको लागि र एम वान भिसा व्यवसायिक र प्राविधिक बिषय अध्ययन गर्ने विद्यार्थीहरुको लागि सुरक्षित भिसा हो।

सन् २०२० मा सबैभन्दा बढी विद्यार्थी आउने देशहरुमा चीनबाट तीन लाख ८२ हजार पाँच सय ६१, भारतबाट दुई लाख सात हजार चार सय ६०, दक्षिण–कोरियाबाट ६८ हजार दुइ सय १७, क्यानाडा बाट ३५ हजार पाँच सय ८ र ब्राजिल बाट ३४ हजार आठ सय ९२ रहेका छन्।
 

प्रकाशित मिति: : 2021-03-21 06:51:00

प्रतिकृया दिनुहोस्