वार्ताको लागि पुटिनद्वारा बाइडेनलाई अनलाइन बैठकको निमन्त्रणा

बिएल संवाददाता

वासिङ्टन डीसी

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई दुई देशबीचको सम्बन्धबारे छलफल गर्न अनलाइन बैठकको निमन्त्रणा दिएका छन्।

एक स्थानीय टेलिभिजनमार्फत पुटिनले बाइडेनलाई बैठकको लागि निमन्त्रणा दिएको रोयटर्सले जनाएको छ। उनले भनेका छन्, 'हामिबीच पहिलो वार्तामा जनवरीमा भएको थियो, र त्यसको निमन्त्रणा अमेरिकाको तर्फबाट आएको थियो।'

दुइ देशबीचको सकारात्मक वार्तालाइ निरन्तरता दिन अनलाइन बैठक उपयुक्त भएको भन्दैै पुटिनले वार्ताको लागि रुस तयार भएको बताएका हुन्। 'अमेरिका तयार हुनासाथ वार्ता हुनेछ', उनले भनेका छन्। 

केही दिन अगाडी अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गर्न खोजेको रिपोर्ट बाहिर आएपछि दुई देशको सम्बन्धमा चिसो आएको थियो। 

प्रकाशित मिति: : 2021-03-20 07:14:00

प्रतिकृया दिनुहोस्