बिएल संवाददाता
म्यान्मार सैन्य शासनले 'कू'विरूद्धको प्रदर्शनका क्रममा थप दुई पत्रकारलाई पक्राउ गरेको छ।
बीबीसी बर्मिज् सेवाका पत्रकार आङ् थुरा र मिजिमा न्यूजका नेपिटो पूर्वसम्पादक यु थान आङ् शुक्रबार दिउँसो पक्राउ परेका हुन्।
राजधानीस्थित अदालत नजिकै समाचार सङ्कलन गरिरहेका आफ्ना पत्रकारलाई सुरक्षा फौजले पक्राउ गरेको बीबीसीले जनाएको छ।
सैन्य ‘जुन्ता’ले अहिलेसम्म ४० स्वतन्त्र पत्रकारलाई नियन्त्रणमा लिएको छ। ती मध्ये २२ पत्रकारलाई रिहा गरेपनि १८ अझै सैन्य कब्जामा रहेका छन्।
म्यान्मारमा सैन्य शासनपछि पत्रकारहरू सुरक्षित छैनन्। ‘जुन्ता’ शासकले देशका विभिन्न सञ्चारमाध्यमको इजाजत–पत्र खारेज गरेको छ। सञ्चार मन्त्रालयले हप्ता दिनदेखि सबै पत्रिकामाथि प्रतिबन्ध लगाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया