साइकलबाटै पहिचान बनाएकी ६० वर्षीया आभा

सेतोपाटी

जनकपुर

दुई दशक पहिले जनकपुरधाममा पुरुषहरूले साइकल चलाउँथे। साइकल चलाएकै कारण उनीहरूलाई समाजले हुने-खाने परिवारका व्यक्ति मान्थे। तर त्यही परिवेशमा महिलाले साइकल चलाउँदा नकारात्मक रूपमा हेरिन्थ्यो।

आभा भारती गिरीलाई उबेला जनकपुरधाममा साइकल चलाउँदा त्यस्तै भयो। कतिपय ठाउँमा नकारात्मक टिप्पणीको सामना गर्नुपर्‍यो। 

आभा जनकपुरधाममै साइकल चलाउने तेस्रो महिला मानिन्छिन्। उनले यहाँ साइकल चलाउन थाल्नुअघि दुई जना महिलाले मात्रै साइकल चलाएका थिए। आभाका अनुसार उनीहरूमध्ये एक शान्ता ज्ञवाली हुन् जो पेसाले शिक्षक थिइन्।

प्रकाशित मिति: : 2021-03-19 06:38:00

प्रतिकृया दिनुहोस्