अमेरिका र चीनका उच्चस्तरीय अधिकारीहरुबीच भेटवार्ता, दुई देशबीचको तनाबग्रस्त सम्बन्ध बारेमा छलफल

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिका र चीनका उच्चस्तरीय अधिकारीहरु बीच अलास्कामा भएको वार्तामा दुई देशबीच चलिरहेको तनाबग्रस्त सम्बन्धको बारेमा समिक्षा भएको छ।

वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव एंथनी ब्लिंकन र राष्ट्रीय सुरक्षा सलाहकार जैक सुलीवन सहभागी थिए। त्यस्तै चीनको तर्फबाट स्टेट काउंसिलर वाङ्ग यी र चीनको कम्युनिस्ट पार्टीको वैदेशिक सम्बन्ध प्रमुख याङ्ग जिएची सहभागी बनेका थिए।

वार्तामा तिब्बत, हंगकंग र ताइवानमा मानवअधिकारको वहाली र कोरोना भाइरसको बिषयमा कुराकानी भएको परराष्ट्रविदहरुले जनाएका छन्।

वार्तालाई अन्य देशहरुले सकारात्मक रुपमा हेरेका छन्। 

प्रकाशित मिति: : 2021-03-19 06:17:00

प्रतिकृया दिनुहोस्