मुकेश अम्बानीकी श्रीमतीलाई 'भिजिटिङ प्रोफेसर' बनाउने प्रस्तावको विरोध

Photo - OutlookIndia
Photo - OutlookIndia

भारतीय धनाढ्य मुकेश अम्बानीकी श्रीमती नीतालाई बनारस हिन्दू विश्वविद्यालयको 'भिजिटिङ प्रोफेसर' बनाउने प्रस्तावको तीब्र विरोध भएको छ।

रिलायन्स कम्पनीकी कार्यकारी निर्देशक समेत रहेकी नीताको नाम प्रोफेसरमा प्रस्तावित भएपछि विद्यार्थीहरूले विरोध जनाउँदै प्रदर्शनसमेत गरेका छन्।

धनाढ्य भएकै कारण नीतालाई प्रोफेसर बनाउनु उचित नहुने विद्यार्थीहरूको मत रहेको छ।

प्रदर्शनमा सहभागी एक विद्यार्थी शुभम तिहारीले उनलाई 'भिजिटिङ प्रोफेसर' नियुक्त गरेर महिला सशक्तीकरणमा कुनै परिणाम नआउने बताए।

विश्वविद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीको समूहले मंगलबार कुलपति राकेश भटनागरसँग भेटेर ज्ञापन–पत्र पनि बुझाएका छन्।

नीतालाई विश्वविद्यालयको समाज विज्ञान विभागमा महिला अध्ययन केन्द्रको 'भिजिटिङ प्रोफेसर' बनाउन प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: : 2021-03-18 14:59:00

प्रतिकृया दिनुहोस्