'विस्तारै पुटिनको कुकर्मलाई बुझ्दैछु': अमेरिकी राष्ट्रपति बाइडेन

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : ABC
Photo : ABC

अमेरिका गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले डोनाल्ड ट्र्म्पलाई सहयोग गरेको समाचार बाहिर आएको छ।

गोप्य अनुसन्धानबाट रुस र इरानले ट्र्म्पलाई बिजयी बनाउन ठुलो कोशिस गरेको खुलेको छ। रुस र इरानले ट्र्म्पलाई गरेको सहयोगे मत र मतदान प्रक्रियामा असर परेकोबारे भने पत्ता लागेको छैन।

एफबिआइको निर्देशकको निजि सचिवालयद्वारा जारी रिपोर्टमा २०२० को राष्ट्रपति चुनावमा भएको विदेशी दखलको विस्तृत रुपमा ब्याख्या गरिएको छ। रुसले यो आरोपलाई निराधार भनेको छ।

एबिसी टेलिभिजनको 'गुड मर्निङ्ग अमेरिका' नामक कार्यक्रममा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्तारै पुटिनको कुकर्महरु खुल्दैजाने र उनले त्यसको हिसाब दिनु पर्ने बताएका छन्। बाइडेनले पुटिनसँग भएको पछिल्लो टेलिफोनवार्ता उल्लेख गर्दै भनेका छन्, 'विस्तारै पुटिनको कुकर्मलाई बुझ्दैछु।'

यसैबीच रुस सरकारका प्रवक्ता  दिमित्री पेसकोवले उक्त रिपोर्टमा रुसको बारेमा उल्ल्लेख भएका तथ्यहरुसँग सहमत नभएको जिकिर गरेका छन्। 

प्रकाशित मिति: : 2021-03-18 06:14:00

प्रतिकृया दिनुहोस्