बहराइनका राजकुमार नेपालमा 

बहराइनका राजकुमार सेख मोहम्मद हमद मोहम्मद अल खालिफ नेपाल आएका छन्।

सोमबार साँझ राजकुमार खालिफ त्रिभुवन बिमानस्थल हुँदै नेपाल आएका हुन्।

उनी सगरमाथा आरोहणका लागि नेपाल आएका हुन्। उनी करिब ३ महिना नेपाल रहने कार्यक्रम रहेको छ।

उनीहरु होटल म्यारिडमा एक साता क्वारेन्टाइनमा बस्ने उनको भ्रमण कार्यक्रम व्यवस्थापन गरेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले बताए।

उनी १६ जनाको टोली नेपाल आएको हो त्यसमा ३ जना बेलायती नागरिक रहेका छन्।

प्रकाशित मिति: : 2021-03-15 18:31:00

प्रतिकृया दिनुहोस्