भोजपुरमा मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

रासस

भोजपुर
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ।

रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो।

शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: : 2021-03-14 17:18:00

प्रतिकृया दिनुहोस्