
बिएल संवाददाता
म्यान्मारको लोकतान्त्रिक व्यवस्थामाथि सेनाद्धारा ‘कू’ भएपछि त्यहाँको अवस्था दिनहुँ बिग्रिदै गइरहेको छ।
१ फेब्रुअरी २०२१ मा म्यान्मारका सेना प्रमुख मिन आङ हेलिनिङले प्रजातन्त्रवादी नेतृ आङ सान सु कीको शासन व्यवस्था आफ्नो हातमा लिएका थिए। त्यसयता म्यान्मारमा सैन्य शाषनविरूद्ध नागरिकहरू विरोधका लागि सडक प्रदर्शनमा उत्रिएका छन्।
सेना भने प्रदर्शनकारीलाई रोक्न गोली चलाइरहेको छ। म्यान्मारमा हालसम्म ६० जनालाई ज्यान गुमाइसकेका छन्। म्यान्मारको अवस्था गम्भीर बन्न थालेपछि अमेरिकाले हाल आफ्नो देशमा बसिरहेका बर्मेली नागरिकलाई अस्थायी निवास उपलब्ध गराउन प्रस्ताव राखेको छ।
यसको अर्थ सैन्य ‘कू’ भन्दा अगाडी अमेरिका आएका बर्मेली थप १८ महिना अमेरिकामा बसोबास गर्न पाउने छन्।
अमेरिकाका होमल्याण्ड सेक्युरिटी सचिव एलेजान्द्रो मयोरकाजले यसको जानकारी दिँदै भने, ‘अमेरिकामा बसोबास गर्दै आएका बर्मेलीहरूलाई अस्थायी निवास दिन हामीले प्रस्ताव अगाडी बढाएका छौं।’
मयोरकाजले सैन्य ‘कू’ पछि म्यान्मारको अवस्था चिन्ताजनक भएकोमा दुःख पनि प्रकट गरे। ‘सेनाले प्रदर्शनकारीलाई छानीछानी गोली हानिरहेको छ। यस्तो अवस्थामा अमेरिकामा बसोबास गरिरहेका बर्मेलीहरूलाई देश फर्किन गाह्रो भएको छ। यसैले १ फेब्रुअरीअघि यहाँ बसिरहेका बर्मेलीलाई अस्थायी रूपमा बस्न दिनु जरुरी छ। उनीहरूलाई भाग्यको सहारा छोड्न सकिन्न,’ उनले भने।
एमनेस्टी इन्टरनेशनलले हालै सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ–म्यान्मारमा प्रदर्शनलाई दबाउन सेनाले युद्धमा प्रयोग गरिने हतियार प्रयोग गरिरहेको छ।
सयुक्त राष्ट्र संघका महासचिवले पनि म्यान्मारको अवस्थालाई लिएर दुःख व्यक्त गरिसकेका छन्।
यसैबीच सैन्य शासकले सु कीविरूद्ध भ्रष्टाचारको आरोप पनि लगाएका छन्।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया