हिजोआज मेरा थुप्रै सहयोद्वा मित्रहरु, त्यतिकै मात्रामा अग्रजहरु, समाजले आश गरेका व्यक्तिहरुसँगको बातचित भेटघाट छुटेको छ । त्योभन्दा ठूलो कुरा जनतासङ्ग गरेको प्रतिबद्धता छुटेको छ। जनताबाट हेर्ने दृष्टिकोण फेरिएको छ।
परिवर्तनका लागि आफ्नो जीवन आहुति गरेका शहीदको रगतले प्रश्न गरेको छ। अब देशमा समृद्धिको लहर चलेको सुखी नेपाली जन भएको हेर्ने रहर पालेर आशा र भरोसामा रहेका डाँडामाथिका घाम बनिसकेका बाआमाको आँखाको भावले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ। अझ योभन्दा ठूलो कुरा जनमतको अपमान भएको छ ।
हाम्रा केही नेताहरु गुटमा रमाउने भएका कारणले नेपालको कम्युनिस्ट आन्दोलन र एकतालाई मजबुद हुन नदिई अवसानतर्फ पुर्या इछाडे। त्यसमा अदालतले झन् मल्हमपट्टी लगाउने काम समेत गर्योन।
कम्युनिस्ट आन्दोलन, पार्टी बलियो भएको हेर्न नचाहनेहरु विचार, सिद्धान्त राजनीतिक मूल्य–मान्यताबेगरका झुन्डहरु निर्माण गर्ने र कित्ताकाट गरिरहेका दृश्यहरु।
त्यस प्रकारका अभिव्यक्तिहरु आमजनताले अहिलेको प्रविधिका माध्यमबाट नियालिरहेका छन्। यस प्रकारको नेतृत्वका खेलाची शब्दवाणले एकता मजबुत हुँदैन भनिरहेका थिए र त्यो आजका दिनमा प्रमाणित भयो।
हिजो पार्टी एकताको नाममा भनौँ या गुट झुन्ड निर्माणका क्रममा एकअर्कामा सहनै नसक्ने खालका अपशब्दहरुको प्रयोग गरी अचाक्ली गाली बेइज्जती, बदनामी र चरीत्र हत्या गर्ने अनेक प्रकारका शब्दहरूको वर्षा गरिरहयौं।
पार्टी एकताको नाममा कम्युनिस्ट पार्टी विचार, सिद्धान्त, नीति, कार्यदिशा र संगठनका सीमाहरु नाघेका थियौँ। अनुशासनसम्बन्धी सबै नियमहरु च्यातचुत पारिदिएका थियौँ। अब फेरि कहिल्यै नमिल्ने गरी आ-आफ्नो बाटो तय गरेका थियौँ।
त्यो सडकमा होस् वा सदनमा अथवा पार्टी बैठकमा नै किन नहोस्। कम्युनिस्टप्रति जनताको माया र विश्वास हिजोआजका गतिविधिले कम्युनिस्टप्रति वितृष्णा जगाएको छ। कम्युनिस्ट मात्रै होइन, राजनीति र नेतृत्वप्रति नै वितृष्णा पैदा भएको छ।
यशै सिलसिलामा अदालतले संसद् विघटन र पार्टीको नामाकरणको विषयमा परेका मुद्दाहरुको फैसलाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गर्नुका साथै आगामी दिनमा पार्टी गतिविधि कसरी चल्छन् भनेर हेर्न बाँकी छ।
अदालतको फैसलाले पार्टीहरुलाई पूर्ववत अवस्थामा फर्काइसकेको छ र पार्टीहरु पुरानै घर फर्केका छन्। आम कम्युनिस्ट जनहरुमा निराशा छाएको छ भने तिनका नेता कार्यकर्ताहरुमा हर्षोल्लास भइरहेको दृश्य पनि हामीले देखिरहेका छौं।
पार्टी कसरी यो स्थितिमा पुग्यो ? सामान्य समीक्षा गर्दा भन्न सक्छौं। आजको यो अवस्था आउनुको मुख्य कारण–
१. कुस्ती खेल्ने अभ्यासै नगरी जब पहलवान बन्ने वा एकैचोटी सबथोक प्राप्त गर्ने जुन ध्याय राखियो।
२. एकताको नाममा भित्र–भित्र गुटबन्दी र पार्टीका नेता–कार्यकर्ताहरुको बद्ख्वाई, अपमान, जालीफट्याई र बेइमानी गर्दै हिँड्नु फुटको कारण हो।
३. सरकारले गरेका उल्लेखनीय कार्यहरूको पार्टीले अपनत्व बोध नगर्नु तर सरकारको प्रतिपक्षीजस्तो भूमिकामा पार्टीका गुटहरु चले।
४. नेतृत्व पंक्तिबाट नै गुटको प्रश्रय दिने, एकले अर्कोलाई हेर्ने बुझ्ने दृष्टिकोण, सिद्धान्त र मुद्दामा नभई स्थायी गुटका रुपमा हरियो। असहज तथा एकअर्कामा असहमति तथा असहयोगको स्थितिले निरन्तरता पाइरह।
यस कारण आजका दिनमा हामी भन्छौँ– खराब एकताभन्दा फुट झन् राम्रो छ। हिजोको सिद्धान्तहीन र खराब एकताभन्दा आजको झगडा नै हाम्रोलागि उत्तम छ। हिजो जसरी विधि, पद्धति र लोकतान्त्रिक प्रक्रिया अवलम्वन गर्दै हिडेका थियौँ। अब त्यसरी नै जानेछौँ।
विगत तीन वर्षको यात्रा डुङ्गाजस्तो 'हिँड्दै छ पाइला मेट्दै छ' भनेजस्तै भयो । स्मरण गर्न सकिने मात्र। प्लेटोले भनेका थिए, 'कुनै मान्छेलाई चिन्नु छ भने सबैभन्दा पहिला ऊसँग खेल्नु।'
त्यसैअनुसार पार्टी एकताको नाममा एमालेले नेकपा माओवादी केन्द्रसँग ३ तीन वर्ष खेल्यो। राम्ररी चिन्यो। उसलाई फोहोर नालीबाट झिक्ने प्रयत्न गर्योन।
आन्दोलनको मूल प्रवाहमा राष्ट्र र राष्ट्रियताको पक्षमा स्वाभिमान सम्प्रभुतामा पाइला टेकाउन प्रयास गर्दै थियो तर ऊ स्वदेशीभन्दा विदेशी, एकताभन्दा विभाजन, गुटभन्दा फुट खोज्दै हिँड्ने बानी परिसकेको रहेछ।
त्यसलाई बोकेर आफू गन्हाउनु भन्दा छोड्नु नै ठीक भन्ने अवस्थामा पुगेकै बखत अदालतको फैसलाले यी 'दुई दल मिल्ने भए रीत पुर्याभइ मिल्नू' भनेको छ।
केही कमरेडहरु अन्तिमसम्म नछुटिने कागज लेख्दै हुनुहुन्थ्यो त्यो डाँडामा बसेर। त्यही बेला पापी हावाले लेख्दै गरेको कागजलाई अर्कैतिर उडायो र खेल खत्तम भयो।
तत्पश्चात् अन्तिममा हात हल्लाउँदै ती तीनवर्षे पीरतिका तीता–नमीठा जालझेल, षड्यन्त्र र कम्युनिस्ट आन्दोलनका उपलब्धिमाथिका तुषारापात पार्ने गतिविधि त्यही डाँडाबाट उडाइयो।
'सुखी नेपाली समृद्ध नेपाल' को यात्रालाई निरन्तर जारी राख्दै 'जनताको बहुदलीय जनवाद' लाई रक्षा कबज ठान्दै नेकपा एमालेको त्यो विरासत र जननेता मदन भण्डारीको त्यो वाँणी 'म रहुँ या नरहुँ यो एमाले र यो सूर्य रहिरहनेछ' भन्ने उक्ति तीन वर्षपछि पुनर्प्रमाणित गर्दै एमाले एक ढिक्का भएको छ।
हिजो एमालेमा 'मैले यति गरेँ उति गरेँ हाम्रो योगदान यस्तो थियो हामी सक्कली तिमी नक्कली। 'हामी अघिका, तिमी पछिका' आदि जस्ता कटाक्ष एकअर्काप्रति गरिरहेका छौँ। त्यो अब पुरानो भइसक्यो। इतिहास बनिसक्यो।
एमाले अरु केही थाहा नपाउने, सूर्य चिन्ह मात्र चिन्ने ती आम शुभेच्छुक, शुभचिन्तक र भोटर जनताको हो। हामी सबैले जसरी भए पनि बाटो बिराएर 'नेकपा जिन्दावाद' भन्दै हिँडेका यात्री हौँ। एमाले मेरो, तेरो भन्ने नैतिक आधार हामी कसैमा छैन।
(गिरी नेकपा एमालेका जिल्ला स्तरीय नेता हुन्।)