प्रचण्ड–माधव सम्बन्धः हनिमुन नसकिँदै टुटेको राजनीतिक सहयात्रा

शिलापत्र

काठमाडौं

भनिन्छ, १२ वर्षमा खोला फर्किन्छ। पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालको हकमा भने १० वर्षमै राजनीतिक सम्बन्धको खोला फर्कियो।

दशकअघि नेता नेपाल प्रधानमन्त्री हुँदा उनको सरकारलाई कठपुतली भन्दै प्रचण्डले सडक आन्दोलन चर्काएका थिए।

दशकपछि दुबै नेता ‘हामी यता छौँ’ प्ले कार्ड लिएर माइतीघर मण्डलामा धर्ना बस्नुपर्ने स्थिति आइलाग्यो। आमने–सामने हुँदा होस् वा सँगसँगै रहँदा, प्रचण्ड–नेपालको सम्बन्धमा भने अनौँठो निरन्तरता देखिन्छ।

प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउने सरकारको निर्णय राष्ट्रपति रामवरण यादवले असंवैधानिक ढंगले उल्ट्याइदिएपछि प्रधानमन्त्री प्रचण्ड अप्ठेरोमा परे र तत्कालै राजीनामा गर्नुपर्‍यो।

संसदको सबैभन्दा ठूलो दल माओवादीलाई सरकारबाहिर राखेर काँग्रेस, एमाले र मधेसकेन्द्रित दलको गठबन्धनबाट प्रधानमन्त्री बनेका थिए, नेपाल। 

त्यो सबै भारतीय डिजाइनमा भएको भन्दै माओवादी सडक आन्दोलनमा उत्रियो। छ दिने हड्तालको अन्तिम दिन २२ बैशाख २०६७ को बानेश्वर सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘यो कठपुतली सरका हो। हामी नोकर (सरकार) सँग होइन्, अब मालिक (भारत) सँगै वार्ता गर्छौँ।’ 

प्रकाशित मिति: : 2021-03-14 10:44:00

प्रतिकृया दिनुहोस्