राती सुत्दा नगरौं, यी कार्य !

The telegraph
The telegraph

पर्याप्त सुताई मानिसका लागि एकदमै महत्वपूर्ण छ। तर सुत्नुभन्दा अगाडि गर्ने र उठिसकेपछि गर्ने कार्यमा विभिन्न तथ्य लुकेका हुन्छन्।

सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सक्ने हुन्छ। सुत्नु अगाडि गर्न नहुने यस्ता केही काम छन् ती कामले तनाव तथा स्वास्थ्य समस्या निम्त्यान सक्छ।

राती सुत्नुभन्दा अगाडि यदी हात खुट्टा र अनुहार चिसो पानीले धुने बानि छ भने यो बानी बदल्नु राम्रो हुन्छ। सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ।

रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन। यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ।

यदी राती चुरोट वा कफी पिउने बानि छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले निन्द्रा बिथोल्न सक्छ। यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ।

निन्द्रामा यदी दुई पेग लगाउने बारे सोचेमा त्यो बानी हटाउनु राम्रो हुन्छ। अल्कोहलको सेवनले शरिरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ। सुत्नुअघि यी कुराहरुमा विचार पुर्याएन भने पछुताउन पनि पर्नसक्छ।

सुत्नु भन्दा पहिले तपाई मोबाइल या ल्यापटप चलाइरहेको छ भने पनि यसले सुत्ने क्रममा समस्या दिन्छ। यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ।

युवाहरूमा चुइगम निकै लोकप्रिय छ र यो एउटा बानीको रूपमा पनि बसिसकेको छ धेरै युवाहरूमा। यदी सुत्ने बेलामा पनि पेपरमिन्ट फ्लेवरको चुइगम खाने बानि छ भने यसको गन्धले निन्द्रा बिथोल्न सक्छ।

 केही मानिसहरू सुत्नुभन्दा अगाडि पढ्ने गर्छन्। कुनै कुनै बेला त पढ्ने क्रममा आफ्नो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोडेमा निन्द्रा राम्रो हुन्छ।


 

प्रकाशित मिति: : 2021-03-13 20:13:00

प्रतिकृया दिनुहोस्