दक्षिण अफ्रिकी जुलु राजाको निधन

बिएल संवाददाता

जोहानेसबर्ग
File photo
File photo

दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ। 

मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ।

राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख छ। 

राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गरेका थिए। उनको शासनकाल झण्डै पाँच दशक रहेको थियो। रासस

प्रकाशित मिति: : 2021-03-12 19:40:00

प्रतिकृया दिनुहोस्