कागतीमा भिटामिन ‘सी’ पर्याप्त हुन्छ। त्यसैले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूति बढ्छ।
कागती पानी पिउनाले तौल घटाउन मदत मिल्दछ। कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो।
यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ साथै क्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ।
मधुमेह रोगीलेसमेत यस भिटामिनबाट फाइदा लिन सक्छन्। विशेषगरी, बिहान खाली पेटमा कागती पानी पिएमा बढी फाइदा हुन्छ।
कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ। कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ।
यसमा पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न का साथ शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ।
बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ।
कागती पानीले पाचनमा सहयोग पुग्छ। कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ।
कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ।
रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ। मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ।
कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरि दिन्छ।
एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ। कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ।
हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ।