महाशिवरात्रिको अवसर पारेर शाहका दुई कृति विमोचन

फाइल तस्वीर
फाइल तस्वीर

महाशिवरात्रिको अवसर पारेर म्याग्दीका एक ८१ वर्षीय साहित्यकारका दुई कृति एकैदिन विमोचन गरिएको छ।

बेनी नगरपालिका–२ बगरफाँटका भवेन्द्रविक्रम शाहले लेख्नुभएका ‘मेरो वंश परिचय र आत्मकथा’ तथा ‘संक्षिप्त केही पौराणिक नाटक’ पुस्तकको बगरफाँटस्थित शिवालय मन्दिरमा ज्येष्ठ नागरिकद्वय ८५ वषीर्य खड्गबहादुर थापा र ८४ वर्षीय विष्णुवम मल्लले संयुक्त रुपमा विमोचन गरेका हुन्।

लेखक शाहका तीन÷भाइ छोरा चिरञ्जीवी शाह, जीवन प्रदीप शाह र सुधिर शाह प्रकाशक रहेको १९९ पृष्ठको ‘मेरो वंश परिचय र आत्मकथा’ नामक पुस्तकमा शाह वंशको परिचयका साथै लेखक शाहले आफ्नो जीवनमा भोगेका, देखेका र अनुभूति गरेका सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र साहित्यिक विषयमा अति रोचक तथा सरल रुपमा व्याख्या गरे। पुस्तकमा ५० वटा शीर्षकका विभिन्न पाठ समेटिएका छन्। 

त्यसैगरी छोरी सुधा शाह खाँड प्रकाशक रहेकी ‘संक्षिप्त पौराणिक नाटक’ नामक पुस्तकमा पाँचवटा पौराणिक नाटक संग्रहित छन्। रासस

प्रकाशित मिति: : 2021-03-11 20:25:00

प्रतिकृया दिनुहोस्