यसकारण पिउने गरौँ, उखुको रस !

cookist.com
cookist.com

उखु, चिनीको प्राकृतिक स्रोतको रूपमा परिचित छ। 

उखुमा कार्बोहाइड्रेट, ग्लुकोज र क्यालोरी पाइन्छ। जसले गर्दा हाम्रो शरीरलाई धेरै फाइदा पु¥याउँछ। 

उखुको सेवनले उर्जा दिने, स्फूर्ति बढाउने, पाचन प्रणालीमा सुधार ल्याउने, शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने तथा रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ।

त्यसैले आउनुहोस्, चर्चा गरौँउखुका फाइदाबारे :

छालाका लागि 
उखुमा अल्फा हाइड्रोक्सी एसिड हुन्छ, जुन प्राय छाला हेरचाह उपचारमा प्रयोग गरिन्छ। 

जाडोको समयमा हाइड्रेसन
जाडोमा मानिसहरू प्रायः पानी पिउन बिर्सन्छन् वा अन्य बेलाको तुलनामा निकै कम पानी पिउने गर्छन्। यस अवस्थामा, इलेक्ट्रोलाइट्सले भरिएको उखुको रसले शरीरमा पानीको मात्रा आपूर्ति गर्न मद्दत गर्छ।

दाँत र डड्डीको स्वास्थ्यलाई बढावा दिन 
उखुको रसमा फस्फोरस र क्याल्सियमको अधिक मात्रा हुन्छ र यसले दाँत र हड्डीलाई क्षति हुनबाट बचाएर बलियो बनाउँछ।
 
तौल घटाउन सहयोगी 
 यस प्राकृतिक रसमा फाइबरको मात्रा उच्च हुन्छ, जुन तौल घटाउनका लागि सहयोगी सावित भएको छ। यसबाहेक, उखुको रसमा रहेको प्राकृतिक स्वीटनरहरूको पनि कम ग्लाइसेमिक इन्डेक्स हुन्छ जसले रगतमा ग्लुकोजको मात्रा कायम राख्न मद्दत गर्छ। 

कलेजोलाई सुदृढ पार्न 
आयुर्वेदका अनुसार उखुको रस पिउँदा कलेजो बलियो हुन्छ। त्यसैले जन्डिस भएको मानिसलाई उपचारको रूपमा उखुको रस सेवन गर्न सुझाव दिइन्छ।

प्रकाशित मिति: : 2021-03-11 11:54:00

प्रतिकृया दिनुहोस्