एमाले ब्युँतिएपछिको प्रश्नः के हुन्छन् पुस ५ पछिका मनोनयन ?

नेकपा एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवाली एमाले र माओवादी केन्द्रको एकीकरणपछि कम्युनिस्ट राजनीतिमा निस्क्रिय जस्तै बन्न पुगे।

एकीकरणपछि बनेको नेकपामा उनी अग्रपंतिका नेताको सूचीमा अटाउन सकेनन्। फलतः उनको राजनीतिक सक्रियता पनि ह्वात्तै घट्यो। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधवकुमार नेपाल समूहका ज्ञवाली यो समूहको प्रदेश नेतृत्वकर्ताका रूपमा छानिए।  

दाहाल–नेपाल समूहले लुम्बिनी प्रदेशको इन्चार्ज तोकेपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किएका थिए। तर छोटो समयमै सर्वोच्चले एमाले ब्यूँताउने फैसला गरिदियो। फैसलापश्चात एमालेमै फिर्ता हुन पुगेका ज्ञवाली पुनः नेतृत्वदायी भूमिकामा पुगेका छन्।

प्रकाशित मिति: : 2021-03-11 08:21:00

प्रतिकृया दिनुहोस्