भावी सत्ता समीकरण : कांग्रेस अनिर्णित, माओवादीमा कन्फ्युजन, बार्गेनिङमा जसपा !

लोकान्तर

काठमाडौँ

विघटित प्रतिनिधि सभा पुनःस्थापना भएसँगै औपचारिक र अनौपचारिक ढंगले सत्ता गठबन्धनका खेलहरू चलिरहेका छन्। अझ सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादी केन्द्रका नाममा पुरानै अवस्थामा फर्काइदिएपछि सत्ता समीकरणका प्रयासहरू रोचक देखिएका छन्।

संसदमा प्रधानमन्त्री केपी ओली नेतृत्वको एमाले सबैभन्दा ठूलो पार्टी भएपनि बहुमत छैन। ओलीलाई सत्तामा रहिरहन माओवादी, कांग्रेस या जनता समाजवादी पार्टीको समर्थन आवश्यक पर्छ। तर एमालेइतरको सत्ता समीकरणमा तीनै दलको अनिवार्य सहभागिता चाहिन्छ।

चौथो ठूलो दलका रूपमा उदाएको जसपामाथि यतिबेला सबैको आँखा परेको छ।

माओवादी केन्द्र र कांग्रेस दुवै दलले जसपासँग निरन्तर संवाद गरिरहेका छन्। तर जसपाले ओलीसँग वार्ता गर्न वार्ता टोलीसमेत बनाएको समाचार सार्वजनिक भएको छ। आफूहरूले ओलीसँगै सत्ता सहकार्य गर्ने सम्भावना रहेको जसपाकै केही नेताहरूले अनौपचारिक कुराकानीमा बताउने गरेका छन्।

प्रकाशित मिति: : 2021-03-10 19:53:00

प्रतिकृया दिनुहोस्