भिटोफमा थापाको उम्मेदवारीले पर्यटन क्षेत्र तरंगित  

आउँदो चैत २० गते काठमाडौंमा हुने गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भैसकेको छ।  हालसम्म भिटोफका पूर्व सहसचिव कृष्णबहादुर सुवेदी, वर्तमान प्रथम उपाध्यक्ष दिपक दाहाल, महासचिव जस्फा पाण्डे र पूर्व महासचिव राजकुमार थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्।  

उम्मेदवारहरुको लहरमा अग्रपंक्तिमा देखिन्छन् पूर्व महासचिव थापा। उनको उम्मेदवारीले पर्यटन क्षेत्रमा तरंग ल्याएको छ। ग्रामीण विकास र व्यवस्थापनमा  स्नातकोत्तर गरेका थापा ग्रामीण पर्यटन बुझेका अगुवा हुन्। 

विगत अढाई दशकदेखि नेपाली पर्यटनमा क्रियाशील थापा अध्ययन, भ्रमण र कर्मले गाउँ पर्यटनविज्ञ बनिसकेका छन्। चित्रबहादुर गुरुङ अध्यक्ष रहेको भिटोफ कार्यसमितिमा उनी महासचिव थिए। यही समितिले आफ्नो दुई वर्षे कार्यकालमा विभिन्न गतिविधि गरेर भिटोफलाई पर्यटन उद्योगमा स्थापित गराएको थियो। 

विभिन्न संघसंस्थामा सक्रिय थापा सामाजिक अगुवा पनि हुन्। उनले काठमाडौंमा एवान एक्सकर्सन एडभेन्चर टुर्स एन्ड ट्राभल्स चलाउँदै आएका छन्। उनी कर्ममा विश्वास गर्छन्। 

‘अध्यक्ष भएर भित्तामा तस्बिर झुण्ड्याउन मात्र उम्मेदवारी घोषणा गरेको होइन। काम गरेर भिटोफलाई गतिशील बनाउन चाहन्छु , ’ थापाले भने, ' कोरोनाले थलिएको पर्यटन उद्धोगलाइ गति दिन पनि सरोकारवालासंग मिलेर अघि वढ्नेछु।' 

थापाका चुनावी ऐजेन्डाः 

१. काठमाडौंमा केन्द्रीय कार्यालय रहेको भिटोफ नेपालको गण्डकी प्रदेशमा मात्र शाखा छ। अब बाँकी ६ वटै प्रदेशमा शाखा विस्तार गरिनेछ। 

२. भिटोफका नियमित कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै दुई वर्षे कार्यकालमा मुलुकभित्र हरेक प्रदेशका कम्तिमा दुई–दुई वटा गाउँलाई नयाँ पर्यटन गन्तव्यका रुपमा विकास गरिनेछ। 

३. हाल गाउँ पर्यटनले मार्केटिङको समस्या झेलिरहेको छ। पर्यटक र गाउँलेबीच पूलको काम गर्न डिजिटल मार्केटिङमा जोड दिइनेछ। भिटोफलाई पनि डिजिटलाइज्ड गरिनेछ। 

४. पर्यटन गाउँहरुमा आबश्यक तालिम सञ्चालन गरिनेछ। साथै नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन गतिविधिमा जोड दिइनेछ।  

५. भिटोफ नेपालको कार्यालयलाई व्यवस्थित बनाइनेछ। साथै भिटोफमा देखिएका समस्या र चुनौतिको सामना गरिनेछ।

प्रकाशित मिति: : 2021-03-10 16:17:00

प्रतिकृया दिनुहोस्