व्यवहारमा एक भएकै थिएनन् एमाले-माओवादी

अनलाइनखबर

काठमाडौं

सर्वोच्च अदालतले ४१ महिना पहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्विकार गरेपछि एउटा पेचिलो प्रश्न उठेको छ- के नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वास्तवमै एकीकरण भएको थियो?

केही दृष्टान्तहरू हेर्दा व्यवहारतः दुई पार्टी एकीकरण नै नभएको देखिन्छ।

दुवैका केन्द्रीय कार्यालय यथावत 

मंगलबार धुम्बाराहीस्थित कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को बोर्ड राखियो। त्यस्तै पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय कायमै छ।

पार्टी एकीकरण भए पनि व्यवहारतः यी दुई कार्यालय पूर्वएमाले र पूर्वमाओवादीको कार्यालयकै रुपमा क्रियाशिल रहे।

३ जेठ २०७५ मा नेकपा बनेयता नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जम्मा दुई पटक पेरिसडाँडा पुगेको रेकर्ड छ।

पार्टी एकता घोषणा भएको भोलिपल्ट ४ जेठ २०७५ मा प्रचण्ड र ओलीसँगै पेरिसडाँडा पुगेका थिए।

त्यसदिन ओलीले पेरिसडाँडास्थित कार्यालय परिसरमा रहेको माओवादी जनयुद्धमा शहीद भएकाहरूको सम्झनामा स्थापना गरिएको जनयुद्ध स्मारकमा माल्यार्पण गरेका थिए।

प्रकाशित मिति: : 2021-03-10 12:45:00

प्रतिकृया दिनुहोस्