जसले महिलालाई हिरो बनाए

बाह्रखरी

काठमाडाैं

नेपाली चलचित्रले आधा शताब्दी लामो यात्रा तय गरे पनि प्रयोगका हिसाबले खासै अगाडि बढ्न नसकेको चलचित्रकर्मीहरुले स्वीकार गरेका छन्। नेपाली चलचित्र उद्योग अझै पनि बलिउडले स्थापित गरिदिएको मानकमै रुमल्लिरहेको उनीहरुको भनाइ छ।

आफ्नै कथा र शैलीमा चलचित्र निर्माण सुरु हुँदै नभएको त होइन तर पर्याप्त भने छैन। पुरानै ढर्राबाट चलचित्रमाथि उठ्न नसकेको निर्देशक यादव खरेल बताउँछन्। कथा भन्न मुख्य चरित्रका रूपमा अझै पनि नायक नै खडा गर्ने परम्परा यथावत् रहेको उनको भनाइ छ। यो नेपाली चलचित्र पुरानै ढर्रामा रहेको छ भन्ने तथ्यको एउटा उदाहरण हो।

चलचित्र निर्माणको सुरुको दशकमा नायिकाले नै कथा बोक्ने केही चलचित्र निर्माण भए पनि त्यसले उल्लेख्य रूपमा निरन्तरता पाउन नसकेको खरेल बताउँछन् 

प्रकाशित मिति: : 2021-03-10 08:03:00

प्रतिकृया दिनुहोस्