माओवादी केन्द्रको कार्यकर्ता भेला चैत्र १ गते, ओली समुहमा गएका नेताहरुलाई पार्टीले कारवाही गर्दै

File photo
File photo

सर्वोच्चको फैसलापछि फेरी ब्युँतिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पछिल्लो र आगामी राजनीतिबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने तयारी गरेको हो। जसको लागि माओवादी केन्द्रले यहि फागुन २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

त्यस्तै चैत १ गते कार्यकर्ता भेला गर्दैछ। नेकपा एमालेसगँको एकता भगं भएपछि माओवादी केन्द्रले पहिलो पटक बैठक बस्दै यस्तो निर्णय गरेको हो। 

साथै पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि ओली समुहमा गएका सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायतका नेताहरुलाई माओवादी केन्द्रले पार्टी कारवाही गर्ने भएको छ। 

प्रकाशित मिति: : 2021-03-10 06:02:00

प्रतिकृया दिनुहोस्