१११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एकल महिला समूहले एकल महिलाको समाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखिकरण कक्ष अवलोकन तथा स्थानिय महिलाले उत्पादन गरेका सामाग्रीहरुको हाटबजारको आयोजना गरेको छ।
संस्थाले नेपालमा दुई दशकदेखि एकल महिलाहरुको सवाल र शसक्तिकरणसंग जोडिएको सबै पक्षलाई समेटेर अभिलेखिकरण गर्ने कार्य गर्दै आईरहेको छ।
सो अभिलेखिकरण कक्षको उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्रि विमला वि.क ले अवलोकन गर्दै संस्थाले एकल महिलालाई संगठित मात्र नगरी उनीहरुलाई बाच्ने आधार समेत प्रदान गरेकोमा खशी व्यक्त गरिन्।
संस्थाक संस्थापक लिलि थापाले माओवादी द्धन्द कालमा स्थापना भएको संस्था तत्कालिन माओवादी र सुरक्षाकर्मी दुबैको निसाना बनेपनि आफुहरुले रणनितिक हिसाबले दुवै पक्षको मन जितेर संस्थाको मन जितेको स्मरण गर्दै सो समयका गतिविधिलाई समेटेर कैद गरिएका तस्विरहरुबारे सबैलाई प्रष्ट्याएकी थिइन्।
संस्थाका अध्यक्ष कुन्दा शर्माले एकल महिला समूहले सरकारको सहयोगमा टोखामा ‘हर स्टोरी पार्क’ निर्माण गर्न लागेको जानकारी गराउदै सो पार्क महिलाहरुको दुख सुख विसाउने थलो हुने जानकारी गराइन्।
एकल महिला समूहको कार्यालय हात्तिगौडामा संचालित सो कार्यक्रममा काठमाडौं भक्तपुर र ललितपुरका एकल महिलाले बनाएका हस्तनिर्मित सामाग्रीका साथै तरकारी अचारलगायतका खानेकुरा बिक्रीको लागि राखिएको थियो।
माओवादी द्धन्दमा श्रीमान गुमाएका देखि कोरोना संक्रमणले आफ्नो परिवार गुमाउन बाध्य महिलालाई आर्थिक रुपमा सशक्त बनाउन एकल महिला समूहले विभिन्न सीपमुलक कामहरु गर्दै आईरहेको छ ।
एकलमहिला समूहले आफ्नो स्थापनाकाल देखि हालसम्म गरेको विभिन्न अभियानको अभिलेखिकरण गरी संस्थाको सभाहलमा प्रदर्शन गरेको छ ।
२०५२ सालमा स्थापित संस्थाले एकल महिलाहरुको हक अधिकार तथा सशक्तिकरणका लागि वकालत र सामाजिक न्यायका लागि कार्य गर्दैै आईरहेको छ ।
नेपालको जनसंख्याको ६ प्रतिशत् एकल महिला रहेका छन् भने एकल महिलाहरुमध्य ८६ प्रतिशत् एकल महिला अशिक्षित रहेको तथ्याङ्कले देखाएको छ।