
निर्मल खराल
म्यान्मारमा सैन्य ‘कू’ विरूद्धको आन्दोलनमा होम्मिएका थप दुई बर्मेली–नेपाली भाषी युवा ६ दिनदेखि बेपत्ता छन्।
उनीहरूलाई सेनाले पक्राउ गरेको थियो। आर्थिक राजधानी रंगुनमा भएको नागरिक प्रदर्शनमा सहभागी मणिराम खनाल र सागर सुवेदीलाई सेनाले पक्राउ गरेको थियो। मणिरामका दाजु तुलसीराम खनालले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार त्यस दिनदेखि उनीहरू सम्पर्कविहिन छन्। उनीहरूलाई कहाँ थुनामा राखिएको छ, अत्तोपत्तो छैन। सेनाले पनि कुनै सूचना उपलब्ध नगराएको खनालले बताए।
बर्मामा सबैभन्दा धेरै नेपाली भाषी मिचिनामा बसोबास गर्छन। यही बसोबास गर्ने २१ वर्षीय मणिराम र कलेयौं निवासी सागरलाई आन्दोलनकै क्रममा ३ फेबु्रअरीमा सेनाले पक्राउ गरेको हो। सागरको उमेर ३५ वर्ष बताइएको छ। उनी रंगुनमा व्यापार व्यवसाय गरेर बसेका छन्। उनको बच्चाबच्ची र श्रीमती पनि छन्। मणिराम भने कलेजका विधार्थी हुन्।
‘उनीहरूसँग आन्दोलनमा सहभागी करिब २ सय जना पक्राउ परेका थिए,’ तुलसीरामले बिएल नेपाली सेवासँग भने।
पक्राउ परेको ६ दिनसम्म सेनाले घर नफर्काएपछि आफन्त चिन्तित छन्। म्यान्मारमा सुरक्षाकर्मीले पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र हिरासत मुक्त गर्दै आइरहेको थियो। तर, उनीहरू सम्पर्कविहिन भएपछि आशंका बढेको छ।
यसअघि ४ बर्मेली–नेपाली भाषीलाई विभिन्न स्थानबाट सेनाले पक्राउ गरेको थियो।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया