स्वास्थ्य रहनका लागि गनुहोस्, यी काम !

Vibrantlivingkinesiology
Vibrantlivingkinesiology

सधैँ स्वास्थ्य रहनु हरेक मानिसको चाहाना हो। तर मानिसको साना गल्तीले गर्दा उनीहरु बिरामी पर्ने गर्छन्। 

स्वास्थ्य रहनको लागी हरेक कुरामा ध्यान पुर्याउनुपर्छ। मानिसको स्वास्थ्यलाई खानपिनले धेरै असर पुर्याउने गर्छ। त्यसैले हामीले पौष्टिकयुक्त खानेकुरा मात्र खाने गर्नुपर्छ। त्यसका साथै शारीरिक ब्यायाम पनि ध्यान दिनुपर्छ।

 आफू स्वास्थ्य रहनको लागी हामीले हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी छ। रोग लागेर पछुताउनु भन्दा रोग लाग्न नदिनु सबैभन्दा ठुलो बुद्धिमानी हुन्छ।

स्वस्थ रहनका लागी ध्यान दिनुपर्ने कुरा :

  • सबैभन्दा महत्वपूर्ण कुरा धुम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ। नेपालमा धुम्रपानका कारण वार्षिक १७ हजार मानिसको ज्यान जाने गरेको छ।
  • वर्षमा कम्तीमा एक पटक सम्पूर्ण स्वास्थ्य जाँच गराउनुपर्छ। ताजा सागसब्जी, फलफूल, शाकाहारी खाना शरीरका लागि राम्रो हुन्छ।
  • वयस्क व्यक्तिले दैनिक कम्तीमा साढे एकदेखि २ लिटर पानी पिउनुपर्छ। यसले शरीरमा छाला कोमल बनाउनुका साथै पाचनतन्त्रलाई सन्तुलित राख्छ।
  • खाना खाँदा नुनको मात्रा कम गर्नुपर्छ। सामान्यतया एक जना मानिसले एक दिनमा ५ ग्राम भन्दा कम नुन खानु राम्रो हो।
  • आफ्नो तौललाई सधैँ सन्तुलित राख्नुपर्छ। तौल असामान्य छ भने शारीरिक व्यायाम र खानपानमा परिवर्तन ल्याउनुपर्छ।
  • शरीरलाई स्फूर्त र चुस्त बनाउन नियमित व्यायाम तथा हिँडडुल गर्नुपर्छ। सामान्यतया हरेक व्यक्तिले दैनिक कम्तीमा ४५ मिनेट हिँडडुल र ३० मिनेट व्यायाम गर्नु राम्रो मानिन्छ। शारीरिक व्यायामका लागि अलग–अलग प्रकारको एरोबिक्स, पौडी, साइक्लिङ आदि गर्न सकिन्छ।
प्रकाशित मिति: : 2021-03-09 13:19:00

प्रतिकृया दिनुहोस्