यसकारण नखानुहोस्, अचार !

Eastcoastdaily
Eastcoastdaily

अचार मन नपर्ने त सायदै होलान। अचारले खानाको स्वाद बढाउँछ। त्यसैले सबै जसोलाई यो मनपर्छ। मानिसहरु समयको अभावले गर्दा घरमा बनाएको अचारभन्दा बडी बजारमा पाइने तयारी अचार खाने गर्छन्।

यस्ता खालका अचार धेरै खानु स्वास्थ्यको लागी निकै हानिकारक छ। बाहिरी अचारमा विभिन्न रसायन तत्व मिसाएको हुन्छ। जसले हाम्रो शरीरमा नकारात्मक असर पुर्याउँछ।

त्यसैले हामीले अचार खाँदा ध्यान पुर्याउनुपर्छ। मिठोपनको लागी हामीले हाम्रो स्वास्थ्यमा लापरवाही गर्न हुदैँन।

अचार खाँदा शरीरमा पर्ने असर

हानिकारक रसायन
अचार बनाउन र त्यसलाई सुरक्षित राख्नका लागि चिजहरु प्रयोग गरिन्छ, त्यो शरीरका लागि हानिकारक हुन्छ र एसिडिटीको लागि जिम्मेवार हुन्छ।

अल्सर
अचारमा पाइने मसला र अमिलोपनले पेटमा ग्याँसको मात्र बढाउँछ। जसले गर्दा आन्द्रामा घाउ हुने सम्भावना बढी हुन्छ। त्यसैले मानिसहरुलाई अल्सरले सताउने गर्छ।

 उच्च रक्तचाप 
अचारमा नुन धेरै प्रयोग गरिएको हुन्छ। यसले गर्दा हाम्रो शरीरमा सोडियमको मात्रा बढ्छ। सोडियमले रक्तचापलाई बढाउने काम गर्छ। त्यसैले अचारको बडी प्रयोगले उच्च रक्तचापको समस्या हुने गर्छ।

एसिडिटी 
अचारको प्रयोगले पेटमा अम्लियतालाई बढाउँछ जसका कारण यसको अत्यधिक सेवनले एसिडीटी, ग्यास अमिलो डकार आदि समस्याहरु उत्पन्न हुन सक्छन्।

कोलेस्ट्रोल बढ्छ 
अचारमा तेलको मात्रा धेरै हुन्छ। यसमा प्रयोग हुने मसला राम्रोसँग पाकेको हुदैन। त्यसैले यस्ता खालका अचार खाँदा हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ।


 

प्रकाशित मिति: : 2021-03-09 13:00:00

प्रतिकृया दिनुहोस्