धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेरिदै

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी फेरी ब्यूँतिएका छन्।   

(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ।  एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो।  

आज धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड फेरिने भएको छ। जिल्लास्तरमा पनि एमालेको कार्यालयका भएको भवन एमाले कार्यालय नै रहने बताईएको छ। 

 

प्रकाशित मिति: : 2021-03-09 06:50:00

प्रतिकृया दिनुहोस्