मुख्यमन्त्री भट्टले भने– ‘महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्छ’

File photo
File photo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताएका छन्।

उनले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गदैँ जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाले समान अधिकार पाउनुपर्ने बताएका हुन्।

‘नेपालको संविधानले लङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ’ उनले सन्देशमा भनेका छन्, ‘महिलाको राजनीतिक संवैधानिक अधिकारका साथै महिला स्वतन्त्रता, समानता र न्यायका लागि भएका विगतका विभिन्न बलिदानीपूर्ण सङ्घर्षको सम्मान गर्दछौँ।’

सामाजिकरुपमा देखिएको विकृति, विसङ्गति र महिलालाई गरिने भेदभाव अन्त्यका लागि सामाजिक न्यायसहितको रुपान्तरणको अभियानमा सहभागी हुन र क्षतिपूर्तिस्वरुप थप अधिकारका लागि अवसर प्रदान गर्दै अगाडि बढ्नुपर्ने बताउदैँ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘सय अवसरमा सम्पूर्ण महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु।’

प्रकाशित मिति: : 2021-03-08 10:45:00

प्रतिकृया दिनुहोस्