नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड समूहका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
नाराबाजीका बावजुद सो अध्यादेश संसदमा पेश भएको छ।
प्रतिनिधिसभा बैठक मार्फत सरकारले पेश गरेको अध्यादेश फिर्ताको माग गर्दै प्रतिपक्ष दल नेपाली काँग्रेसलले बैठकमा नाराबाजी गरेको छ।
सरकाले गरेको प्रतिनिधिसभा विघटन अबैधानिक भएको र बैधानिकता गुमाएको सरकारले ल्याएको अध्यादेशको कुनै अर्थ नरहने भन्दै काँग्रेसले अध्यादेश फिर्ताको माग गर्दै नाराबाजी गरेका हो।
बैठकको बहिस्कारका क्रममा बोल्दै नेपाली काँग्रेस नेता बालकृष्ण खाँडले सारकारले ल्याएको अध्यादेशमा सहयोग नगर्ने बताएका छन्।