तौल घटाउनका लागि तोरीको तेल !

Rastriyakhabar
Rastriyakhabar

तोरीको तेल भान्सामा दैनिकरूपमा तरकारी पकाउनेदेखि लिएर अन्य विभिन्न कामका लागि प्रयोग गरिन्छ। तोरीको तेलमा पाइने तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ्।

तोरीको तेललाई दुखाइ निवारकको रूपमा पनि प्रयोग गर्न सकिन्छ। तर, आजकाल रिफाइन्ड तेलको प्रयोग बढेसँगै तोरी तेल प्रयोग गर्ने मानिसहरूको सङ्ख्या घट्दै गएको छ।

तोरीको तेलमा पाइने मोनोस्याचुरेटेड फ्याटको उच्च मात्रा र स्याचुुरेटेड फ्याटको कम मात्राका कारण तेल मुटुको धमनीको भित्तामा गएर टाँसिदैन।

साथै, यसमा हुने ओमेगा थ्री फ्याट्टी एसिड, अल्फा लिनोलेनिक एसिडले मुटुको धमनीमा हुने चापलाई घटाएर सुन्निने समस्या हुन दिँदैन।

तोरीको तेलले शरीरमा भएको खराब कोलेस्ट्रोललाई घटाएर राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ। जसकारण तोरीको तेलको सेवनले रक्तचाप, स्ट्रोकको जोखिमलाई पनि कम गर्ने अध्ययनले देखाएको छ।

तोरी तेलको सेवनले पाचन प्रणालीमा सुधार ल्याएर खाना पचाउन मद्दत गर्नुका साथै ग्यास्ट्रिक, अपच तथा कब्जियतको समस्या हुन दिँदैन। तोरी तेलको सेवनले तौल घटाउनसमेत मद्दत गर्न सक्छ। त्यसैले यसको सेवन गर्नु उचित रहन्छ।

प्रकाशित मिति: : 2021-03-07 17:28:00

प्रतिकृया दिनुहोस्