पिछडावर्ग ओबिसी महासभाले उठाएका जायज मागहरुलाई वेवास्ता गरिएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
जनकपुरधाममा फागुन २१ र २२ गते ओबिसी केन्द्रिय कार्यसमितिको बैठकले निर्णय गर्दै संघीय, प्रदेश र स्थानीय सरकाले ओबिसीले उठाएका जायज मागहरुलाई समयमै सम्बोधन नगरे चेतावनीसँगै चरणबद्ध आन्दोलनको मिति तय गरेको छ।
ओबिसीका केन्द्रिय अध्यक्ष रामकुरमा महतोले जनकपुरधाममा शनिबार पत्रकार सम्मेलन गरी जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानलाई वंशज नागरिकता दिनुपर्ने, पिछडावर्ग ओविसी आयोग गठन गर्नुपर्नेसहितका पाँच सुत्रीय माग रहेको जानकारी दिए।
प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालय स्वीकृत गरिएको पिछडावर्ग समुदाय उत्थान विकास समिति गठन तथा कार्संचालन कार्यविधि २०७७ मन्त्रीपरिषदको वैठकबाट पारित गर्न जोरदार माग गरेको छ।
पिछडावर्ग समुदायको बसोबास रहेको र पिछडावर्ग समुदाय उत्थान विकास समिति गठन नभएका सबै पालिकाहरुमा पिछडावर्ग समुदाय उत्थान विकास समिति गठन तथा कार्यसंचालन कार्यविधि २०७७ अनुसार उक्त समिति गठन गर्न नेपाल सरकारको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (समाजिक समावेशिकरण तथा समाजिक सुरक्षा शाखा) सिंहदरबारको आदेश बमोजिम सबै स्थानीय तहहरु आवश्यक व्यवस्था गरिदिन समेत जोरदार माग गरेको छ।
नागरिकता समस्या सामाधान गर्न तथा पिछडावर्ग समुदायले उठाउँदै आएको माग सम्बोधन गर्न नेपाल सरकार, प्रदेश सरकार लगायतका निकायलाई पटक–पटक ज्ञापन–पत्र, ध्यानाकर्षण–पत्र, स्मरण–पत्र बुझाउनका साथै कयौ पटक नेपाल सरकारसंग सम्झौता भए पनि सम्बन्धीत निकायले उठाउँदै आएको मागलाई वेवस्ता गरिएकोले राष्ट्रिय कार्यसमितिलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समुदायले उठाउँदै आएको जायज माग सम्बन्धीत निकायले संवोधन नगरिएकोमा खेद प्रकट गर्दै निम्न मागहरु राखी पुनः आन्दोलन गर्न बाध्य भई निम्न अनुसार शान्तिपूर्ण आन्दोलन का कार्यक्रमहरु गर्ने जनाएको छ।
ओबिसीले उठाएका मागहरु
-नेपाल विधान २०७२ को भाग–२ को धारा–११ को दफा–३ बमोजिम जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता यथासिग्र -प्रदान गर्नको सथै नागरिकता समस्या सामाधान गर्नुपर्ने।
-पिछडावर्ग ओबिसी आयोग गठन गर्नुपर्ने।
-नेपाल विधान २०७२ को भाग–३ को धारा–४२ को उपधारा–१ अनुसार राज्यको सबै निकायमा पिछडावर्ग ओबिसी समुदायको जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने।
-किसानहरुको समस्या यथाशिग्र सामाधान गरी सिचाई कृषि सम्बन्धी आधुनिक तरिकाले ज्ञान दिलाई उनीहरुको आय आर्जन बजारीकरणको व्यवस्थालगायत किसानहरुलाई विशेष व्यवस्थ गर्नुपर्ने।
-समाजमा बढ्दै गईरहेको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, खुल्ला मदिरा सेवन तथा नासा मुक्त समाज निर्माणलगायत समाजमा रहेको सबै प्रकारका विकृति, विसंगतीहरु यथाशिघ्र अनत्य गर्नुपर्ने।
महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले फाल्गुन २३ गतेदेखि चैत्र १४ गतेसम्म मधेसका जिल्लाहरुमा विभिन्न संघ संस्था राजनीतिक दल बुद्धिजीवी समाजसेवी लगायतका सरोकारवालासंग अन्तरक्रिया गोष्ठी गर्ने निर्णय गरेको उनले बताए।
आन्दोलनका कार्यक्रमहरु
ओविसी महासभाको आन्दोलनका कार्यक्रमहरु चैत्र १९ गते सिरहा, २० गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा, २४ गते पर्सा र २७ गते धनुषामा गरिने उनले बताए।
चैत्र २९ गते विरोधसभा जनकपुरमा, बैशाख ७ गते विरोधसभा काठमाडौंकाे माइतीघर मण्डलामा, बैशाख १० गते मधेशका सबै जिल्लामा मसाल जुलुस, बैशाख ११ गते मधेश बन्दको आवहान गरेको महतोले बताए।
महासभाले मधेश बन्द अगाडि चैत १९ देखि बैशाख १० सम्म विभिन्न चरणमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको ओबिसीका केन्द्रिय अध्यक्ष महतोले पत्रकार सम्मेलनमा जानकारी दिए।