बाल्टिन थाप्दै अभिनय

बाह्रखरी

काठमाडौं

धेरैपछि पुराना र अग्रजहरूको नाट्य अभियानले हामीलाई एकै ठाउँमा जोडेको छ। धेरैपछि फेरि पुराना साथीभाइहरू नाचघरको यस परिसरमा भेला हुने अवसर जुरेको छ। खुसी लागेको छ। यो एउटा राम्रो कामको सुरुवात भएको मलाई अनुभव भइरहेको छ। 

आजभन्दा ३५ वर्षअघि नाचघरको यही परिसरमा उभिएको अहिले मलाई सम्झना भइरहेको छ। त्यसबखत यो भवन थिए। अर्कै भवन थियो। प्रेक्षालय पनि अर्कै नै थियो। उति बेला पानी परेको समय भनौँ, वर्षाको बेला पानी चुहिन्थ्यो। प्रेक्षालयमा अगिल्तिर पानी जमेको हुन्थ्यो। तर, हामी जमेको पानीको मतलब नगरेर नाटक मञ्चनमा सक्रिय रहन्थ्यौँ !

प्रकाशित मिति: : 2021-03-06 06:56:00

प्रतिकृया दिनुहोस्