गाउँपालिका प्रमुखज्यू, सूचना कहिले दिनुहुन्छ? 

सर्लाहीको बसबरिया गाउँपालिका प्रमुख रामअयोध्या रायले सूचना उपलब्ध गराउन आनाकानी गरेका छन्।

गाउँपालिकाका युवा समूहले गाउँ कार्यापालिकाको कार्यालयले आर्थिक वर्ष २०७४/७५ देखि चालू आर्थिक बर्ष २०७७/७८ को मंसिर मसान्तसम्मको पत्रपत्रिका तथा सञ्चार माध्याममा दिइएको विज्ञापन खर्चको विवरण उपलब्ध गराउन लिखित निवेदन दर्ता गरेका थिए।

बिएल नेपाली सेवा को कार्यालयमा उक्त गाउँपालिकामा सूचना माग गर्दै दर्ता गरेको निवेदनको छायाँकपी लिएर आएका युवा अगुवा अनिल यादवले भने, 'गएको मंसिर ३० गते नै निवेदन दर्ता गरेका थियौँ तर गाउँपालिका अध्यक्ष राय र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश रायले अहिलेसम्म सूचना दिएका छैनन्।'

सरकारी कार्यालयहरुले लिखित निवेदन दर्ता गरेको १५ दिनभित्र माग गरिएको सूचना उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ।

जबकि युवा यादवको समूहले गएको मंसिर ३० गते नै गाउँ कार्यापालिकामा सूचना माग गर्दै निवेदन दर्ता गरेको थियो।

'निवेदन दर्ता गरेको दुई महिना बितिसक्दा पनि गाउँपालिका प्रमुख राय र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश रायले सूचना उपलब्ध गराउन आनाकानी गरिरहेका छन्', युवा अगुवा यादवले भने।

प्रकाशित मिति: : 2021-03-05 17:36:00

प्रतिकृया दिनुहोस्